
फिनेको शुरुवात – एउटा आईसब्रेक
नेपाल वाहिर रहेका तिनै युवा उद्यमीहरुको साझा संस्था अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)को औपचारिक उद्घाटन ३ दिसेम्वर २०२१ का दिन गणतन्त्र नेपालका प्रथम राष्ट्रपती डा. रामवरण यादबले काठमाण्डौंमा गर्नु भयो ।
यो एउटा आईसब्रेक हो नेपाली युवा उद्यमीहरुलाई संगठित गर्न । नविन सोचहरुलाई एकत्रित गर्न । एउटा सँग भएको ज्ञान अर्कोलाई वाढ्न । आधुनिक जमानाको औधोगिक क्रान्ती गर्न । विदेशमा सिकेको सिप स्वदेश भित्र्याउन ।
नेपालको नाम, नेपालीको ईमान्दारितालाई संसारभर पैmल्याउन र नेपालको उत्पादनलाई विश्व वजारमा भित्र्याउन ।
नेपाल बाहिर ग्लोबल नेपाल छ र त्यहाँ लाखौं नेपालीहरु छन् । हामी संसारको जुन कुनामा पुगेका छौ, छाती भित्र सिंगो नेपाल र शिरमा सगरमाथा लिएर हिडिरहेका छौं ।
हामी कोही कुटनितिज्ञ, कोहि विद्यार्थी, कोहि रोजगारीका लागि र कोहि उद्यम तथा व्यवसायका लागि संसारभर छाएका छौं । नेपाल सानो होला, तर नेपालीको क्षमता सानो छैन ।
अन्तराष्ट्रिय बजारमा हामी आफ्नो क्षमता र दक्षता प्रस्तुत गर्न सधैं अब्बल छौं ।
अधिकांश नेपालीहरु वैदेशिक रोजगारी या त विद्यार्थीको रुपमा विदेश जाने गर्छन । नेपाल वाहिर रहेको अवस्थामा उनिहरुले सिप सिक्छन्, पुँजी कमाउछन् र नविन सोचमा खर्चिन्छन् ।
नविन सोचवाट उद्यमशिलता विकास भईरहेको छ । समयसँगै ति युवाहरु उद्यमी बन्न थाल्छन् । रोजगारी गर्ने हैसियतवाट रोजगार दाताको रुपमा आफुलाई स्थापित गर्छन ।
अष्ट्रेलिया र नेपालमा उद्यम गर्दै आएका युवा उद्यमी स्वतन्त्र प्रताव शाहले नेतृत्वको कमाण्ड सम्हालेका छन् । यसलाई हालसम्म युके, अमेरिका, जापान, चिन, हंगकंग, अष्टेलिया र
मध्यपुर्वमा रहेका युवा उद्यमीहरुले राष्ट्रिय समितिहरु गठन गरि साथ दिई सकेका छन् । अन्य देशमा समेत राष्ट्रिय समिति गठन गर्न प्रयत्न शुरु भईसकेको छ ।
नेपाल बाहिर रहेका संसारभरका सम्पुर्ण नेपालीहरुको नेतृत्व गैरआवासिय नेपाली संघले गरिरहेको छ । नेपालमा उद्योगी व्यवसायीहरुको साझा संस्थाको रुपमा उद्योग वाणिज्य महासंघले काम गरिरहेको छ ।
अब संसारभर रहेका युवा नेपाली उद्यमीहरुको नेतृत्व अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघले आज कै मितिवाट गर्नेछ । नेपालीहरुको नेतृत्व गरिरहेको गैरआवासिय नेपाली संघ र
उद्योग वाणिज्य महासंघ नेपालसँग सहकार्य गर्दै अब यो संस्थाले संसारभरका नेपाली युवा उद्यमीहरुलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयत्नको शुरुवात गरि सकेको छ ।
अब संसारभरका युवा उद्यमीहरुलाई सम्पर्क गर्ने थलोको रुपमा काठमाण्डौ बानेश्वरमा फिनेले आफ्नो सचिवालय खडा गरेको छ । त्यहि सचिवालयवाट अव नविन सोच भएका युवाहरुलाई एकत्रित गरिन्छ ।
संसारभरका नविनतम उद्योगहरु र तिनलाई नेपाल र नेपालीसँग जोड्ने सेतुको काम अब यहिंवाट हुन्छ ।
उद्यमीहरुमा नविन सोच हुन्छ । नविनताले नयाँ नयाँ कुरा श्रृजना गर्छ । आधुनिक युगमा जति बढि नविन सोच, चिन्तन र दृष्टिकोण निस्किन्छ, त्यसले नयाँ नयाँ आविस्कार गर्छ ।
आजको युग उद्योेग क्षेत्रमा नविनता खोजिरहेको युग हो । औधोगिक क्षेत्रलाई आधुनिक र समय सापेक्ष वनाउनका लागि देशले युवा उद्यमीहरु जन्माउन सक्नु पर्छ ।
आज आफ्नो भविष्य खोज्न विभिन्न देशमा पुगेका हामी युवाहरु उद्यमीको रुपमा स्थापित भर्ई सकेका छौं । अब तमाम युवा उद्यमीहरुले देशलाई योगदान गर्न पर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।
विदेशमा सिकेको सिप, ज्ञान र कमाएको पुँजीलाई स्वदेशमा प्रयोग गरि आधुनिक उद्योगहरुको स्थापना गर्न पर्छ भन्ने उद्देश्यले अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघले
सम्पुर्ण युवा उद्यमीहरुलाई एउटै मालामा गास्ने प्रयत्नको थालनी गरेको हो । यस अधियानमा जोडिन संसारभर रहेका युवा उद्यमी साथीहरुलाई म हार्दिक आह्वान गर्दछु ।
हाम्रा तमाम उद्देश्यहरु सफल पार्न हामीलाई नेपाल सरकार, सम्वन्धित सरोकारवालाहरु, उद्योग वाणिज्य महासंघ, बैंकिंग तथा फाईन्सीयल संस्थाहरु, विभिन्न औधोगिक प्रतिष्ठानहरुको सहयोग, सहकार्य र सल्लाहको सदैब आवश्यक पर्दछ ।
त्यसैले यो समय सहकार्यको हो । सामुहिक उद्यमशिलताको विकास गर्ने बेला हो । स्वदेशमा अन्तराष्ट्रिय स्तरको व्यापार प्रणाली विकास गर्ने हो । नेपालको वजारलाई विस्तार गर्ने हो ।
अब नेपालका सम्वन्धित सरोकारवालाहरुले यो संस्थााई सहयोग, सहकार्य र सल्लाह दिने बेला आएको छ । संसारभरका युवा उद्यमीहरुले यस संस्थामा आबद्द भई युवा उद्यमशिलालाई सगरमाथा झैं उचाईमा पुर्याउन बेला आएको छ ।
त्यसका लागि सबैलाई साथ दिन हार्दिक आग्रह छ ।